७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


विभत्स हत्या, एक जना पक्राउ


1.001k
Shares

कैलाली । कैलालीमा युवकको विभत्स हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अरुण दासको हत्या गरेको आरोपमा लम्की टीकापुरबाट एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानमा समस्या हुने भन्दै प्रहरीले उनले नाम भने सार्वजनिक गरेको छैन । दासको शव शनिवार दिउँसो अर्मावति सामुदायिक वनमा फेला परेको थियो ।

मृतक दासका आफन्त र स्थानीयले हत्यारालाई पक्राउ नगर्दासम्म शव नउठाउने अडान लिएका छन् भने उनीहरुले शव फेला परेको स्थानलाई घेराउ गरेर बसेका छन् ।