२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


तराईमा हुसु र कुहिरो : कस्ताे छ तीन दिनकाे माैसम


312
Shares

काठमाडौं । नेपालमा हाल उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन। अहिले पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकि भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तराईका भू-भागहरुममा बिहानको समयमा हुसु र कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले आग्रह गरेकाे छ ।

यस्ताे छ आगामी तीन दिनको मौसम पूर्वानुमान

पौष ५ गते (सोमबार)

दिउँसो : बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती : देशभरि आंशिक बदली रहनेछ।

पौष ६ गते (मंगलबार)

दिउँसो : प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

राती : प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १ तथा बाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

पौष ७ गते (बुधबार)

दिउँसो : पहाडी भेगमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहने छ ।

राती : पहाडी भेगमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहने छ ।