
काठमाडौं । भनिन्छ जोडी स्वर्गबाट नै लेखेर आएको हुन्छ तर हाम्रा कलाकारलाई भने सम्बन्ध जोड्नु र तोड्नु नौलो कुरा होइन । हतारमा सम्बन्ध जोड्ने अनि मन मिलेन भन्दै सम्बन्ध विच्छेद गर्न सम्म पछि पर्दैनन् । अक्सर हतारमा जोडिएका सम्बन्धहरुको आयु नै छोटो हुन्छ ।
उनीहरुको यस्तो सम्बन्धको बारेमा हामीले सधै जस्तो हेर्दै र पढ्दै आएका छौं । सेलिब्रेटीको सम्बन्ध बिच्छेदका विषय सधैं चर्चा नै पाइरहेको हुन्छ । आजभोलि आम मानिसमा पनि सम्बन्ध विच्छेदको डर भन्ने देखिदैन । अगाध प्रेमका बाबजुद पनि सम्बन्ध विच्छेद गरेर दाेस्राे विवाह बन्धनमा बाधिएका यी जाेडीबारे आउनुहोस जानौ सम्बन्ध विच्छेद गरेकाहरु सेलिब्रेटीको सम्बन्ध :
छवी ओझा र सिल्पा पोखरेल
२०१९ जुलाईमा छवी र सिल्पाबीच सम्बन्ध विच्छेद भएको हो । हेमा, गीताञ्जली, रेखापछि छवीले सिल्पालाई चौथो विवाह गरेका हुन् । २०७३ मा रेखासँग सम्बन्ध विच्छेद भएलगतै छविले सिल्पासँग विवाह गरेका थिए । विवाहको केही समयपछि नै उनीहरुको सम्बन्ध विच्छेद भएको हो ।

निखिल उप्रेती र कोपीला उप्रेती
निखिल र कोपीलाबीच सम्बन्ध विच्छेदको चर्चा धेरै अगाडी भए पनि कानुनी रुपमा उनीहरु छुट्टीएका थिएनन् । हालसालै कोपीला र निखिलको सम्बन्ध बिच्छेद भएको छ । कोपीलासँग सम्बन्ध बिच्छेद नहुँदै सञ्चीता लुइटेलसँग विवाह गरेका हुन् । निखिलको कोपीलासँग १ सन्तान र सञ्चीतासँग २ सन्तान रहेका छन् ।

प्रियंका कार्की र रोचक मैनाली
प्रियंका र रोचकको २०६७ सालमा अमेरिकामा विवाह भएको थियो । विवाहको दुई वर्षपछि प्रियंका र रोचकको डिर्भोस भएको थियो । डिर्भोस पछि प्रियंका नेपाल फर्किएकी थिइन् । ०७६ सालमा प्रियंकाले आयुष्मान देशराज जोसीसँग दोस्रो विवाह गरेकी हुन् । उनीहरुको अहिले एक छोरी पनि छन् ।

भुवन के.सी. र सुम्मीता के.सी.
नायक भुवनले नायिका सुस्मितासँग तेस्रो विवाह गरेका थिए । उनीहरुको एक छोरा छन् । उनको नाम हो, अनमोल केसी । लामो समय पछि उनीहरुको सम्बन्ध विच्छेद भएको हो ।

अरुणिमा लम्साल र अमित अर्याल
एक समयकी चर्चित अभिनेत्री अरुणिमा लम्साल र उनको पति अमित आर्यालबीच डिभोर्स भएको छ । अमेरिका बस्दै आएकी उनले १२ वर्ष लामो सहयात्रामा ब्रेक लगाइन् । अरुणिमा र अमितकी एक छोरी पनि छिन् ।

रिमा विश्वकर्मा र रोर्वट विश्वकर्मा
रिमा विश्वकर्मा मोडल ,नायिका र कार्यक्रम प्रस्तोता पनि हुन् । रिमा र रोर्वटले लामो समय प्रेममा रहेर विवाह गरेका हुन् । विवाह गरेको दुई बर्षपछि सहमतिमा सम्बन्ध बिच्छेद भएको हो । डिर्भोस पछि रोर्वटले अर्को बिहे गरे भने रिमा अझै पनि सिङ्गल छिन् ।

प्रतिक्रिया दिनुहोस्