
काठमाडौं । नेपाली कांग्रेसका नव निर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस प्रवक्ताको जिम्मेवारीबाट अलग हुने घोषणा गर्नु भएको छ।
आज पत्रकारहरुसँग कुरा गर्दै शर्माले आजैदेखि प्रवक्ताको जिम्मेवारीबाट बाहिरिने घोषणा गर्नु भएको हो ।
प्रवक्ताबाट अलग हुने घोषणा गर्दै शर्माले पार्टीको धारणा र सूचनाका लागि अर्को व्यक्ति प्रवक्ताका रूपमा आउने बताउदै तपाई भन्नुभयो ‘यहाँहरूलाई परेको बेला म जतिखेर पनि उपलब्ध हुनेछु । ’
भर्खरै सम्पन्न नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट महामन्त्री पदमा विजयी हुनु भएको हो ।
प्रतिक्रिया दिनुहोस्