
फाइल तस्बिर
काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको १४औं महाधिवेशनको मतगणना जारी छ ।
पार्टी कार्यालय सानेपामा पदाधिकारीको मतगणना सकिएर केन्द्रीय सदस्यको मतगणना जारी छ । केन्द्रीय सदस्यको पनि खुलातर्फको मतगणना भइसकेको छ । अहिले खुला महिला केन्द्रीय सदस्यको मतगणना जारी छ ।
खुला महिलातर्फ १ हजार २ सय ६४ मतगणना हुँदा सबैभन्दा बढी मत डिला संग्रौलाले पाउनुभएको छ ।
उहाँले ८ सय २५ मत पाउँदा दोस्रोमा पुष्पा भुसालले ८ सय २ र तेस्रोमा आरजु राणाले ७ सय २८ मत पाउनुभयो ।
यसैगरी अम्बिका बस्नेत ६ सय ५८, ईश्वरी न्यौपाने ६ सय ४०, सरिता प्रसाईं ६ सय २४, रमा कोइराला ५ सय २९, सुशीला ढकाल ५ सय १९ र अनिता देवकोटाले ५ सय १३ मत पाउनुभएको छ ।
खुला महिलातर्फ ९ सदस्याका लागि ३० जनाको उम्मेदवारी छ ।
प्रतिक्रिया दिनुहोस्