१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


शिक्षा सीमित वर्गको पहुँचमा मात्र हुनुहुँदैन : प्रधानमन्त्री देउवा


195
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा सीमित वर्गको पहुँचमा मात्र हुन नहुने बताउनुभएको छ ।

त्रिभूवन विश्वविद्यालयको ४७औं दीक्षान्त समारोहलाई सोमबार सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेका देउवाले शिक्षा आर्थिक हैसियत भएका सीमित वर्गको पहुँचमा मात्र हुन नहुने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले सरकार सबै नागरिकले सहज र सुलभ शिक्षा पाउनुपर्ने मान्यतामा रहेको र त्यसका लागि काम गरिरहेको बताउनुभयो ।

‘शिक्षा सबैका लागि हुनुपर्छ, आर्थिक हैसियत भएका सीमित वर्गको पहुँचमा मात्र हुनुहुँदैन भन्ने सरकारको मान्यता छ,’ उहाँले भन्नुभयो, ‘सबै नागरिकले सहज र सुलभ शिक्षा पाउनुपर्छ ।’

प्रधानमन्त्री देउवाले दीक्षित विद्यार्थीहरूलाई जीवन र परिवारको भविष्य निर्माण गर्दै मुलुकका लागि सुयोग्य नागरिक बन्न आग्रह गर्नुभयो ।