
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयका समस्या पहिचान गरी समाधान गर्ने बताउनुभएको छ ।
सोमबार त्रिभुवन विश्वविद्यालयको ४७औं दीक्षान्त समारोहमा बाल्दै मन्त्री पौडेलले त्रिभुवन विश्वविद्यालयका समस्या पहिचान गरी समाधान गर्ने बताउनुभयो ।
उहाँले दिक्षित विद्यार्थीहरूले आफूसँग भएको ज्ञानलाई सीपसँग र सीपलाई उत्पादनसँग जोड्दै मुलुकको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणमा योगदान पु¥याउन पनि आग्रह गर्नुभयो ।
मन्त्री पौडेलले ज्ञान र सीपलाई बदलिँदो विश्व परिवेश र स्थानीय आवश्यकतासँग तालमेल मिलाउँदै व्यवहारिक र जीवनोपयोगी बनाउन जरुरी रहेको बताउनुभयो ।
उहाँले अनुसन्धानात्मक संस्थाहरूलाई अझ बढी प्रभावकारी बनाउनुपर्ने महसुस आफूले गरेको भन्दै विश्वविद्यालयले विश्वस्तरीय उच्च शिक्षा अध्ययनको व्यवस्था स्वदेशमै मिलाउनुपर्नेमा जोड दिनुभयो ।
मन्त्री पौैडेलले विश्वविद्यालयबाट विद्यार्थीलाई उच्चस्तरीय शिक्षा प्रदान गर्न चाहिने आवश्यक सहयोग सरकारले गर्ने प्रतिवद्धतासमेत जनाउनुभयो ।
उहाँले विदेशीन बाध्य भएका विद्यार्थीहरूलाई स्वदेशमा नै उच्चस्तरीय शिक्षा प्रदान गर्ने नेतृत्वदायी भुमिका त्रिभूवन विश्वविद्यालयले निर्वाह गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्