
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओली गफाडी नम्बर १ भएको बताउनुभएको छ ।
प्रतिनिधिसभा विघटन गरेको १ वर्ष पुगेको दिनमा समाजवादी पत्रकार संगठनले काठमाडौंमा गरेको कार्यक्रममा उहाँले केपी शर्मा ओली गफाडी नम्बर १ भएको बताउनुभयो ।
‘अर्को चुनावमा कसैको पनि बहुमत आउने अवस्था छैन । तर, केपी ओलीले एक्लै बहुमत ल्याउँछु भनिरहेका छन् । उनलाई गफाडी नम्बर एक भनेर गिनिजबुकमा नाम लेखिदिए हुन्छ,’ अध्यक्ष नेपालले भन्नुभयो, ‘अरुलाई अपमान र तेजोबध मात्रै गर्ने र पिडा दिने उहाँको स्वभाव छ । परपीडक नम्बर एक केपी ओलीलाई भनिदिए हुन्छ ।’
अध्यक्ष नेपालले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोझो भएर केपी शर्मा ओलीलाई चिन्न नसकेको बताउनुभयो ।
आफू ओलीको व्यवहारले हत्तु, हैरान भएको भन्दै अध्यक्ष नेपालले ओलीले ज्याद्रो मानिसको संज्ञा दिनुभयो ।
‘प्रचण्डले कहिले पनि कुरा उठाउनु भएन, सोझो हुनुभयो । सम्भवत पार्टी एकता भएको धेरै कुरा गर्दा समस्या होला । ओली जस्तो ज्याद्रो मानिसलाई चिन्नै सक्नु भएन । म हत्तु, हैरान भएको मानिस हो,’ नेपालले भने, ‘प्रचण्ड अलि सोझो मानिस हुनु हुँदो रहेछ । उहाँले कहिले पनि सहमति लागू गर भनेर भन्नुभएन ।’
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दै निर्वाचनको घोषणा गर्नुभएको थियो । तर सर्वोच्च अदालतले ओलीको उक्त कदमलाई बदर गर्दैै प्रतिनिधिसभा पुनर्स्थापना गरिदिएको थियो ।
प्रतिक्रिया दिनुहोस्