
काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकले गिरावट आएको छ ।
कारोबार हुने साताको दोस्रो दिन नेप्से १८ अंकले घटेर २ हजार ३ सय ५८ विन्दुमा आएर थामिएको छ । ठूला कम्पनीको कारोबार मापन गने सेन्सेटिभ सूचक पनि २ अंकले घटेर ४ सय ५१ विन्दुमा आइपुगेको छ ।
यस दिन माइक्रोफाइनान्स तथा उत्पादन समूहको उपसूचक हरियो हुँदा बाँकी सबै उपसूचकहरू राताम्मे भए । उत्पादन समूहको उपसूचक १ सय ९४ अंकले बढ्दा माइक्रोफाइनान्स भने जम्मा ६ अंकले बढेको छ । सबैभन्दा बढी निर्जीवन बीमा समूहका लगानीकर्ताले १ सय ७० अंकको गिरावट सहनुपरेको छ ।
नेप्से १८ अंकले घट्दा पनि दुई कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । गोरखा फाइनान्स र हिमालय डिस्टिलरीको सेयर मूल्य १० प्रतिशतले उकालो लागेको छ । १ सय ४३ कम्पनीको सेयर मूल्य ओराला लाग्दा ४३ कम्पनीको उकालो र ३ वटा कम्पनीको सूचक स्थीर रह्यो ।
यस दिन २ सय ३१ कम्पनीका ५४ लाख ३९ हजार ८७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४६ करोड ४६ लाख ८९ हजार रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्