
काठमाडौं । भक्तपुरमा एक युवकको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ ।
आइतबार राति सूर्यविनायक नगरपालिका–५ कटुन्जे तज टोलमा डेरा गरी बस्ने वर्ष २८ को जीवन राईले २५ वर्षीया श्रीमती मन्दिरालाई कुटपिट गरेको महानगरीय प्रहरी परिसर, भक्तपुरले जनाएको छ ।
भोजपुर केराबारी घर भएका राई दम्पती विगत लामो समयदेखि भक्तपुरमा बस्दै आइरहेका छन् ।
श्रीमतीलाई कुटपिट गरी मृत अवस्थामा छाडेर फरार भएका थिए । उनलाई सोमबार नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गर्ने परिसरका प्रहरी नायव उपरीक्ष्का राजु पाण्डेले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्