१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कांग्रेस खुला महिला केन्द्रीय सदस्य : ३ हजार ५० मत गन्दा डिलाकाे अग्रता काययै, कसले कति पाए ?


1.664k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुलातर्फको महिला केन्द्रीय सदस्यको मतगणना जारी छ ।

३ हजार ५० मत गन्दा खुलातर्फको महिला केन्द्रीय सदस्यमा सबैभन्दा अगाडि डिला संग्रौला हुनुहुन्छ । पुष्पा भुषाल दोस्रो तथा प्रधानमन्त्री पत्नी डा. आरजू राणा देउवा तेस्रो नम्बरमा हुनुहुन्छ ।

संग्रौलाले १९ सय ६, दोस्रो स्थानमा रहनुभएकी पुष्पा भुषालले १८ सय ७, आरजूले १६ सय ८८, चौथो स्थानमा रहेकी अम्बिका बस्नेतले १५ सय २९ मत पाएका छन् ।

यस्तै, पाँचौं स्थानमा रहेकी ईश्वरी न्यौपानेले १४ सय ९४ र छैटौं स्थानमा रहेकी सरिता प्रसाईले १३ सय ७१, सातौं स्थानमा रमा कोइराला पौडेलले १२ सय ३६, आठौं स्थानमा सुशीला ढकाल आचार्यले ११ सय ९५ र नवौं स्थानमा रङ्गमती शाहीले ११ सय ८८ मत पाएका छन् ।

खुला महिलातर्फ ९ जनाको लागि ३० जना उम्मेदवारबीच भिडन्त भएको थियो ।