१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भोलिको संसद बैठकमा एमसीसी पेश नगरिने (कार्यसूचीसहित)


1.378k
Shares

काठमाडौं । मंगलबार बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबुल नहुने भएको छ ।

सरकारले मंगलबार एमसीसी संसदमा पेश गर्न सक्ने आँकलन भइरहेका बेला संसद सचिवालयले प्रकाशित गरेको सम्भावित कार्यसूचीमा एमसीसीबारे उल्लेख गरिएको छैन ।

पास भए पनि नभए पनि संसद बैठकमा एमसीसी अघि बढाउन सत्ता गठबन्धनमा सहभागी दल नेपाली कांग्रेसले प्रयास गरिरहेको छ । तर, कांग्रेसबाहेक सत्ता गठबन्धनमा सामेल अन्य दलहरूले भने शंशोधनविना एमसीसी अघि बढाउन नहुने बताउँदै आएका छन् ।

मंगलबारको बैठकमा यौन हिंसाविरूद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश तथा फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन अध्यादेश स्वीकृतीका लागि प्रस्तुत गरिने कार्यसूचि रहेको छ । तर‍, एमसिसीबारे उल्लेख गरिएको छैन ।

गठबन्धनमा सहभागी दलका नेताहरूले शंशोधनविना एमसीसी अघि बढाउन नहुने अडान राखेपछि पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा अध्ययनका लागि कार्यदल बनाइएको छ ।