१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भेटिएको तीन दिनपछि परिवारले उठाएर दासको शव


624
Shares

धनगढी । विभत्स ढंगले हत्या गरिएका कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय युवक अर्जुन दासको शव परिवारले उठाएका छन् ।

शव भेटिएको तीन दिनपछि दासका परिवारले घटनास्थलबाट शव उठाएका हुन् । शव परीक्षणका लागि टिकापुर अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

उहाँले शव परीक्षणको रिर्पोटले अनुसन्धानमा थप मद्दत पुग्ने बताउनुभयो । दासका परिवारले हत्यारालाई कारबाही र क्षतिपूर्तिको माग गरेका छन् ।

शनिबार जानकी गाउँपालिका–९ को अमरावती सामुदायिक वनमा दासको विभत्स तरिकाले हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।