१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


होटल तथा रेष्टुरेन्टलाई चाैबिसै घण्टा खुला राख्न गृहमन्त्रीको प्रस्ताव


13.845k
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले होटल तथा रेष्टुरेन्टहरूलाई चाैबिसै घण्टा खुला राख्न प्रस्ताव गर्नुभएको छ ।

अर्थ मन्त्रालयमा भएको पूँजीगत खर्च सम्बन्धी अन्तर मन्त्रालयगत छलफलमा उहाँले करको दायरामा आएका होटल तथा रेष्टुरेन्टहरूलाई २४सै घण्टा खुला राख्न उपयुक्त हुने बताउनुभयो ।

यसो गर्दा व्यवसाय फष्टाउने र राजश्व वृद्धिमा पनि सहयोग पुग्ने उहाँले बताउनुभयो । यसको लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालय तयार रहेको मन्त्री खाँणको भनाइ छ ।

छलफलमा कृषिमन्त्री महिन्द्र राय यादवले सरकारले धानको समर्थन मूल्य तोकेर मात्र नहुने भन्दै कृषकबाट धान खरिद गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो ।

ठेक्का प्रक्रियाबाट समयमा रासायनिक मल उपलब्ध गराउन नसकिने भन्दै उहाँले तत्काल जीटुजी प्रक्रियाबाट खरिद गर्न सुझाव दिनुभयो ।