
परासी । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष ध्रुवबहादुर प्रधानले एमसीसीका विषयमा आफ्नो पार्टी तटस्थ बस्ने बताउनुभएको छ ।
उपाध्यक्षमा निर्वाचित भएपछि गृह जिल्ला पश्चिम नवलपरासी पुग्नुभएका प्रधानले परासीमा आयोजित कार्यक्रममा एमसीसीका विषयमा मतदान हुने अवस्था आए राप्रपा तटस्थ बस्ने बताउनुभयो ।
विश्वका दुई शक्ति राष्ट्रहरू अमेरिका र चीनबीच द्वन्द्व बढिरहेको अवस्थामा एमसीसीलाई सहयोगका रूपमा मात्र लिन नहुने उहाँको भनाइ छ ।
सरकारले एमसीसीका विषयमा जनतालाई प्रष्ट पार्नुपर्ने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्