
काठमाडौं । एनसेलले साना तथा मझौला व्यवसायी लक्षित ‘एनसेल बिजलाइट’ नामका आधुनिक प्रिपेड प्लान योजना सञ्चालनमा ल्याएको छ ।
यस योजनामा मासिक रूपमा कुनै निश्चित रकम तिर्न पर्ने बाध्यताविना सहजै प्रिपेड सेवा लिन सकिने जनाइएको छ ।
ग्राहकहरुले सरल रूपमा यो सेवा लिएर सुलभ दरमा आफ्नो सीयूजी समूह अर्थात कार्यालयका साथीहरूसँग कर सहित जम्मा ३० पैसा प्रतिमिनेटका दरमा कुरा गर्न सक्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्