
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत महिला खुला केन्द्रीय सदस्यको निर्वाचन परिणाम सार्वजनिक भएको छ ।
अन्तिम मतपरिणामअनुसार डीला संग्रौला २८ सय ८५ मत ल्याएर पहिलो नम्बरमा केन्द्रीय सदस्य निर्वाचित हुनुभएको छ ।
यस्तै दोस्रोमा पुष्पा भुसाल २७ सय १८ मत, तेस्रोमा आरजु राणा देउवा २५ सय ३६ मत, चौथोमा अम्बिका बस्नेत २३ सय ३९ मत र पाँचौंमा ईश्वरी न्यौपाने २२ सय ५९ मत ल्याएका छन् ।
त्यस्तै छैटौंमा सरिता प्रसाईँ २ हजार ९६ मत, सातौंमा रमा कोइराला १८ सय ५८ मत, आठौंमा सुशीला ढकाल १८ सय ४ मत र नवौंमा रङ्गमति शाही १७ सय ८९ मत ल्याएर विजयी भएका हुन् ।
त्यस्तै अल्पसंख्यक खुला तर्फको केन्द्रीय सदस्यमा २१ सय ७१ मत प्राप्त गर्दै प्रदीप कुमार सुनुवार विजयी हुनुभएको छ । दोस्रो स्थानमा रहेका टीकाराम सुब्बा लेप्चाले १ हजार २३ मत पाएको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्