
काठमाडौं । इंग्लिस फुटबल क्लब टोटनह्याम हट्सपर युएफा कन्फरेन्स लिग फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । टोटनह्यामका खेलाडीहरुमा कोरोना देखिएपछि रोकिएको फ्रेन्च क्लब रेनेजविरुद्धको खेल युएफाले स्थगित गरेपछि टोटनह्याम प्रतियोगिताबाट बाहिरिएको हो ।
यूएफाएले उक्त खेलमा रेनेजलाई ३–० को जित दिलाएपछि टोटनह्याम बाहिरिन पुग्यो । टोटेनह्याम र रेनेजबीचको खेल डिसेम्बर ९ मा हुने तालिका थियो । तर, टोटनह्यामका ८ जना खेलाडीमा कोरोना देखिएपछि खेल स्थगित गरिएको थियो ।
प्रतिस्पर्धाका लागि फ्रेन्च क्लब लण्डन पुगिसकेपछि खेल स्थगित भएको थियो ।
प्रतिक्रिया दिनुहोस्