
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अल्पसंख्यक तर्फको केन्द्रीय सदस्यमा ओखलढुंगाका प्रदीप सुनुवार विजयी हुनु भएको छ ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार शेरबहादुर देउवा समूहका सुनुवारले प्रतिद्वन्द्वी टिकाराम लेप्चालाई दोब्बरभन्दा बढी मतान्तरले पराजित गरी विजयी हुनु भएको हो ।
सुनुवारले २ हजार १ सय ७१ मत प्राप्त गर्नु भएको हो भने लेप्चाले ९८९ मत पााउनुभयो । यस्तै, हरिबहादुर घलेले ६ सय ९, ओमप्रकाश शर्मा मारवाडीले ५ सय ३६ र प्रेम बहादुर छन्त्यालले २ सय ६ मत पाउनु भएको निर्वाचन समितिले जनाएको छ ।
कुल खसेको ४ हजार ६ सय ३५ मतमध्ये ९० मत बदर भएको थियो ।
प्रतिक्रिया दिनुहोस्