
web pic
काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–११ चापागाउँ शेराफाँटमा हिजो बेलुकी टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
नख्खुबाट टिकाभैरव जाँदै गरेको ना ८ ख ८०९१ नम्बरको टिपर दुर्घटना हुँदा गोदावरी नगरपालिका–७ बरुङचुल्लीका ३० वर्षीय अजय मार्फाको मृत्यस भएको हो ।
बेलुकी पौने नौ बजे अनियन्त्रित भई टिपर फलामको पुलमा ठोक्किँदा दुर्घटना भएको महानगरीय प्रहरी वृत्त चापागाउँले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका मार्फाको उपचारका क्रममा नेपाल मेडिसिटी अस्पतालमा गएराती साढे ११ बजे मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्