
गोकुल भुजेल
भोजपुर । भोजपुरको अरुण गाउँपालिकाको जरायोटारका बासिन्दाले बल्लतल्ल गाउँमा सरकार पुगेको महसुस गर्न पाएका छन् । धेरै वर्षको पर्खाईपछि जरायोटारको कुटाङ बस्तीमा खानेपानी पुगेपछि उनीहरुले गाउँमा सिंहदरबार नै पुगे जस्तो ठानेका हुन । भोजपुरको यो सुकौरो जरायोटार अहिले हराभरा देखिन्छ ।
यहाँका नागरिकको लामो समयको प्रतिक्षापछि गाउँमै खानेपानी पुगेपछि उनीहरुले आफ्नो गाउँलाई हराभरा बनाएका हुन् । सडक, यातायात, विद्युत, खानेपानी र कृषीमा धेरै समयपछि आमुल परिवर्तन आउँदा गाउँबासी पनि मक्ख देखिन्छन् । अझ खानेपानीको व्यवस्थाले त झन उनीहरुको जिवनशैली नै परिवर्तन भएको छ । गाउँको विकास भएन भनेर जनप्रतिनिधिको विरोध गरेको धेरै सुनिन्थ्यो । तर, कम भएको नवराज कटुवाल बताउँनुहुन्छ ।
हिउँदमा खानेपानीको मुहान सुकेपछि भाडाँकुडा बोकेर दैनिक घण्टौ हिडेर खानेपानीको जोहो गर्ने जरायोटारको यो कुटाङका स्थानीयलाई अहिले गाउँमा खानेपानी पुगेपछि खुट्टाको काडो झिकेझै भएको छ । पानी पुगेसँगै यहाँका महिलाहरु अहिले करेशाबारी र तरकारी खेतीमा व्यस्त देखिन्छन् । वडा र गाउँपालिकाको आर्थीक सहयोगमा पानी संकलन र ट्ंयाकी निमार्ण भएपछि स्थानीयवासिन्दा हर्षीत छन् ।
उनीहरुले अहिले बारीमा साग, कोपी, हिउदे मकै, सुन्तला तथा नगदेबालि लगाएर खेत बारी र करेसाबारीलाई हराभरा बनाएका हुन् । तरकारी खेतीबाट मनग्गे आम्दानी हुन थालेपछि बर्षेनी हिउँदमा रोजगारका लागी बाहिरी जिल्ला जाने स्थानीयहरु अहिले गाउँमै कृषी गरेर लाखौँ आम्दानी गरीरहेको कमला कटुवालले बताउनुभयो ।
हिउँदमा पहिला शुख्खा, खडेरी हुन्थ्यो भने खेत बारी उजाड देखिन्थे । तर अहिले जताजतै हरीयाली छ । तरकारी, फलफुल बेचेर घरायसी खर्च टरेको छ भने समयको बचत सगैँ दैनीक करेशाबारीमा यहाका गृहिणीहरु आजकाल व्यस्त देखिन्छन् । निर्वाचन लगत्तै टोल–टोलमा पुगेर जनप्रतिनिधिले आवश्यकता पहिचान गरेसँगैं यो गाउँमा यसरी चाडै परिवर्तन आएको हो । आफूले गर्न सक्ने कामहरुलाई वडामै, पालिकामै र ठूला कार्यक्रमहलाई प्रदेश र केन्द्रमा पठाएर सहजिकरणको काम गर्दै आएको र यसकै उपज गाउँमा विद्युत, खानेपानी, सडक, कृषीमा आमुल परिवर्तन आएको अरुण गाउँपालिकाका ६ जरायोटारका वडाध्यक्ष ज्ञानेन्द्र दाहालको भनाइ छ ।
गाउँको विकास र परिवर्तन गर्न संघियतासँगै स्थानीय तहमा आएका जनप्रतिनिधिहरुको भूमीका महत्वपुर्ण छ । जरायोटारका जनप्रतिनिधिले कुटाङमा विद्युत, खानेपानी, यातयात, कृषीमा गरेको विकास र परिवर्तनले यहाँका स्थानीयको आयश्रोत वृद्धि, कृषीमा आत्मनिर्भर, स्वरोजगारसँगै बसाईसराई समेत नियन्त्रण भएको छ ।
प्रतिक्रिया दिनुहोस्