
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताउनु भएकाे छ । गृहमन्त्री खाँणले मंगलवार जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै एमसीसी सम्झौता अगाडि बढाउनु सरकारको दायित्व भएको बताउनु भएको हो।
एसीसी पूर्ववर्ती सरकारकै पालामा सुरु भएकाले यो सम्झौतालाई अगाडी बढाउनु सरकारको दायित्व भएको उहाँको भनाइ छ । देशको विकासका लागि नेपाल सरकारले नै एमसीसीको प्रस्ताव अघि बढाएको उहाँले बताउनुभयो ।
नेपाल सरकार र एमसीसी परियोजनाको बिचमा धेरै वर्ष अगाडी नै सम्झौता भएको बताउदै उहाँले भन्नुभयो ‘त्यो सम्झौतालाई अगाडी बढाउनु सरकारको दायित्व हो।’
गृहमन्त्री खाँणले एमसीसी परियोजना ऋणमा नभइ निशर्त अनुदान भएको स्पष्ट समेत पार्नुभयो । सरकारले नेपालको विद्युतीकरण र सडक निर्माणका लागि गरेको प्रस्तावलाई अमेरिकी सरकारले स्वीकार गरी एमसीसी परियोजना आएको उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्