
सुर्खेत । एक महिनापछि सुर्खेत विमानस्थल सञ्चालनमा आएको छ ।
मंसिर १० गतेदेखि धावनमार्गको मर्मतका लागि बन्द गरिएको विमानस्थल मंगलबारबाट सञ्चालनमा आएको हो ।
धावनमार्गको मर्मत सकिएसँगै मंगलबारबाट विमानस्थलबाट वायुसेवा कम्पनीहरूले नियमित उडान गरेका छन् ।
एक महिना विमानस्थल बन्द हुदाँ विकल्पको रूपमा नेपालगञ्ज विमानस्थलको प्रयोग गरिएको थियो ।
त्यहाँबाट राजधानी काठमाडौंको साथै कर्णालीका जुम्ला, मुगु, हुम्ला लगायतमा हवाइ उडान भरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्