२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


बलात्कृत राउटे युवतीको पहिचान खुलाउने पत्रकारलाई पाँच महिना कैदको फैसला


3.185k
Shares

सुर्खेत, पुष ६ । जिल्ला अदालत सुर्खेतले सात महिना अघि बलात्कृत भएकी राउटे युवतीको पहिचान खुलाउने पत्रकारलाई पाँच महिना कैदको फैसला गरेको छ ।

न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले राप्ती पहिचान डटकम अनलाइनका सञ्चालक दाङका यज्ञबहादुर बुढा मगरलाई पाँच महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकेको हो ।

अनलाइनमा युवतीको पहिचान खुल्नेगरी तस्वीर र नामसहित समाचार प्रकाशन गरेका थिए । उनीमाथि असोज १९ गते अदालतमा अपहेलना मुद्दा दायर भएको थियो ।