
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा पछिल्लो दिन ५० प्रतिशतले कोरोना संक्रमित थपिएका छन् । निकै संक्रामक नयाँ ओमिक्रोन भेरियन्टको त्रासका बीच यूएईमा कोरोना संक्रमित ह्वात्तै बढेका हुन् ।
यूएईको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार ४ सय ५२ जना नयाँ संक्रमित थपिएका छन् । मंगलबार थपिएका दैनिक संक्रमितको संख्या सेप्टेम्बर २५ यताकै धेरै भएको बताइएको छ । ओमिक्रोन भेरियन्ट विश्वव्यापी बनिरहेका बेला यूएईमा समेत सतर्कता अपानाउन थालिएको छ ।
सरकारले मानिसहरूलाई क्रिसमस र नयाँ वर्ष मनाउने क्रममा अत्यधिक भीडभाड नगर्न भनेको आग्रह गरेको छ । साथै, कोभिड खोप लगाएका मानिस मात्रै जनवरी ३ देखि सरकारी कार्यालयमा प्रवेश गर्न पाउने नियम लागू गरिएको छ ।
यता, अमेरिकामा कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमणबाट पहिलो मृत्युु भएको छ । अमेरिकाको टेक्सासमा ओमिक्रोन संक्रमितको मृत्युको रिपोर्ट सार्वजनिक भएको हो । स्वास्थ्य विभागका अनुसार यी व्यक्तिले भ्याक्सिनको एउटा पनि डोज नलगाएको बताइएको छ ।
पछिल्लो साता कोरोनाको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिएको आँकलन गरिएको छ । ७३ प्रतिशत कोरोनाका बिरामीमा ओमिक्रोनको संक्रमण भएको पाइएको विश्व स्वास्थ्य संगठनले बताएको छ । यो आँकडा केवल एक साताको अवधिमा तीव्र दरमा फैलिएकाले खतरा मानिएको छ ।
गत सातामा ३ प्रतिशत कोरोनाको बिरामीमा मात्रै ओमिक्रोनको संक्रमण देखिएको थियो ।
प्रतिक्रिया दिनुहोस्