
काठमाडौं । नेपाली कांग्रेसको प्रदेश २ मा नयाँ नेतृत्व चयन गर्न आज मतदान हुँदैछ । प्रदेश सभापतिमा दुई जनाको उम्मेदवारी परेको छ ।
प्रदेश २ का संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव र रौतहट जिल्ला सभापति कृष्ण यादवले सभापतिमा उमेदवारी दर्ता गराउनु भएको हो । उहाँहरुले जनकपुरधामस्थित गोपाल धर्मशाला पुगेर हिजो उमेदवारी दर्ता गराउनु भयो ।
रामसरोजलाई नेता शेखर कोइराला र विमलेन्द्र निधिको समर्थन रहेको छ भने कृष्णलाई सभापति शेरबहादुर देउवाको समर्थन छ । उम्मेदवारको अन्तिम नामावली राति १० बजे प्रकाशन गरिएको छ । प्रदेशमा सभापति, उपसभापति, महामन्त्री तथा एक महिलासहित तीन सहमहामन्त्री पदमा निर्वाचन हुँदैछ ।
मतदान दिउँसो १ बजेदेखि गर्ने तयारी गरिएको छ । प्रदेश समितिका ७४ स्थानका लागि १८० जनाको उम्मेदवारी परेको छ ।
प्रदेशमा सभापति, उपसभापति, महामन्त्री तथा एक महिलासहित तीन सहमहामन्त्रीसहित सदस्यहरुमा निर्वाचन हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्