
काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले युरोपेली राष्ट्रहरुको स्वास्थ्य प्रणाली तहस नहस पार्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिएको छ ।
युरोपमा कोभिडको अर्को बाढी आउँदै गरेको भन्दै विश्व स्वास्थ्य संगठनका वरिष्ठ अधिकारी हान्स क्लुगले त्यसका लागि ती देशहरुलाई तयार रहन चेतावनी दिनु भएको हो ।
ओमिक्रोन नियन्त्रणका लागि युरोपका विभिन्न राष्ट्रहरुले लकडाउनदेखि प्रतिबन्धात्मक व्यवस्था लागू गरिरहेको अवस्थामा डब्ल्युएचओले बारम्बार चेतावनी दिंदै आएको छ ।
यसअघि, जर्मनीले क्रिसमसको पूर्वसन्धयामा पार्टीमा जान र भिडभाड गर्न रोक लगाइसकेको छ । । नेदरल्यान्ड्सले तीन साता लामो लकडाउन घोषणा गरिसकेको छ भने पोर्चुगलले आगामी २६ डिसेम्बरसम्मका लागि बार र नाइट क्लब बन्द गर्ने घोषणा गरेको छ ।
त्यस्तै, स्कटल्यान्ड, फिनल्याण्ड वेल्स, उत्तरी आयरल्यान्डले पनि प्रतिबन्धात्मक व्यवस्था घोषणा गरेका छन् । युरोपका अधिकांश देशमा ओमिक्रोन तीव्र फैलिएको छ ।
प्रतिक्रिया दिनुहोस्