१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


नेपालमा थप एक जनामा ओमिक्रोन भेरियन्ट पुष्टि


5.135k
Shares

काठमाडौं । नेपालमा थप एक जनामा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।

एक ९८ वर्षीय वृद्धमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर संगिता मिश्राले जानकारी दिनुभयो ।

संक्रमित वृद्ध होम आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मिश्राले बताउनुभयो ।

योसँगै नेपालमा तीन जना ओमिक्रोन संक्रमित भेटिएका छन् । यसअघि एकै दिन दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो ।

तीव्र रूपमा फैलिने भनिएको कोरोनाको ओमिक्रोन भेरियन्ट विश्वका १ सय भन्दा बढी देशमा पुष्टि भइसकेको छ ।