१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


पाँच दिनदेखि हराएकी ६ वर्षीया बालिकाको शव बबइ नहरमा भेटियो


715
Shares

बर्दिया । जिल्लाको बारबर्दिया नगरपालिका औरी निवासी ६ वर्षीया बालिकाको शव बबइ नदीको नहरमा फेला परेको छ ।

नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलीले खोजतलासका क्रममा बालिका देवीका खनालको शव फेला पारेको हो ।

शनिबारदेखि हराइरहेकी बालिकाका बावु विष्णु खनालले आइतबार प्रहरीचौकी कर्तनियामा आफ्नी छोरी हराएको जानकारी दिएलगत्तै प्रहरीले खोजतलासको कार्य सुरु गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक चक्रबहादुर डमरपालले जानकारी दिनुभयो ।

लामो समयदेखि बेपत्ता बालिका बबइ सिंचाइ आयोजनाको नहरमा पाँचौं दिनमा बुधबार दिउँसो मृत अवस्थामा भेटिएकी हुन् ।

घरदेखि ५ सय मिटर पश्चिम नहरको अन्डर ग्राउण्डभित्र बालिकाको शव भेटिएको हो । पोष्टमार्टमका लागि शव बर्दिया अस्पताल पठाइएको प्रहरी निरीक्षक डमरपालले बताउनुभयो ।