२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


कांग्रेस प्रदेश २ को हिजो स्थगित भएको निर्वाचन आज हुँदै

दिउँसो १ बजेदेखि मतदान गराउने तयारी

195
Shares

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशन अन्तर्गत हिजो रोकिएको निर्वाचन आज हुने भएको छ । हिजो मतदाता नामावली प्रकाशनमा भएको ढिलाईको बहानामा दुई पक्षबीच कुटाकुट हुँदा स्थगित गरिएको मतदान आज दिउँसो १ बजेपछि गर्ने सहमति गरिएको छ ।

निर्वाचन अधिकृत प्रह्लाद गौतमले बिहान ८ बजेबाट मतदान सुरु गर्ने भनिए पनि मतपत्र छाप्न ढिलाई हुँदा दिउँसो १ बजेबाट मतदान सुरु गर्ने तय गरिएको जानकारी दिएका छन् ।

प्रदेश २ कांग्रेस सभापतिमा रामसरोज यादव र कृष्ण यादवबीच कडा टक्कर हुने अनुमान गरिएको छ ।

यस्तै, विभिन्न ७२ पदका लागि १७४ जना उम्मेद्वारले मनोनयन गरेका छन् । हिजो झडप भएपछि अधिवेशन स्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।