
काठमाडौं । फाइजर कम्पनीले उत्पादन गरेको कोरोनाविरुद्धको ट्याब्लेटले अमेरिकामा स्वीकृति पाएको छ ।
अमेरिकी औषधि नियामक फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनले घरेलु प्रयोगको लागि सो ट्याब्लेटलाई घरेलु प्रयोगका लागि स्वीकृति दिएको हो ।
फाइजरले यो औषधि कोरोना संक्रमितका लागि लाभदायक रहेको र नयाँ भेरिएन्टमाथि पनि प्रभावकारी रहेको दाबी गर्दै आएको छ ।
यो ट्याबलेट चिकित्सकोे निगरानीमा मात्र नभइ बिरामीले घरमै लगेर डाक्टरको सल्लाहअनुसार सेवन गर्न सक्नेछन् । यसले संक्रमणलाई छिटो फैलिनबाट रोक्ने दाबी गरिएको छ ।
प्रयोगशालामा गरिएको परीक्षणमा यो औषधि ओमिक्रोन भेरिएन्टमा पनि प्रभावकारी देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्