१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


तराईमा हुस्सु/कुहिरो, हिमाली क्षेत्रमा हिमपातकाे सम्भावना


715
Shares

काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक  प्रभाव रहेको छ। जसकाे कारण हाल  देशको पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ र बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहेको छ।

जल तथा माैसम विभागकाे माैसम पूर्वानुमान महाशाखाकाअनुसार तराईका भू-भागहरुममा बिहानको समयमा हुस्सु/कुहिरो लागेकाे छ । साथै देशभर बढी रहेकाले महाशाखाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन आग्रह गरेकाे छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

पौष ९ गते (शुक्रबार)

दिउँसो :  पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

राती : पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

पौष १० गते (शनिबार)

दिउँसो :  पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।देशकोउच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राती: देशका सुदूर पश्चिम प्रदेश तथा अन्य प्रदेशहरूका पहाडी भू-भागहरूमा  आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

पौष ११ गते (आईतबार)

दिउँसो :  देशको गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत अन्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राती: देशभर आंशिक देखि सामान्य बदली  रहनेछ।  सुदुर पश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरु लगायत अन्य उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । सुदुरपश्चिम र कर्णाली प्रदेश का एक-दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ ।