२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बंगलादेशमा मोटर डुंगामा आगो लाग्दा कम्तिमा ३ दर्जनको मृत्यु, सय भन्दा बढी घाइते


169
Shares

एजेन्सी । बंगलादेश शुक्रबार बिहान एउटा मोटर डुंगामा आगो लाग्दा कम्तीमा ३६ जनाको मृत्यु भएको छ ।

राजधानी ढाकाबाट २ सय ५० किलोमिटर दक्षिणमा पर्ने झालोकाथी सहर नजिकै सुगन्धा नदीमा आज बिहान तीन बजे आगलागी भएको जनाइएको छ । तीन तले डुंगामा झन्डै पाँच सय मानिस सवार रहेको अनुमान छ । उनीहरु मध्ये अधिकांश आफ्नो गाउँ फकिँदै थिए ।

डुंगाको इन्जिनबाट आगलागी सुरू भएको बताइएको छ । आगो लागेपछि केही यात्रुहरु ज्यान जोगाउन नदीमा हाम्फालेका थिए । प्रहरीले अहिलेसम्म ३६ जनाको शव निकालेको छ भने मृतकको संख्या अझै बढ्न सक्ने बताएको छ । एक सय भन्दा बढीलाई जलेको अवस्थामा अस्पताल भर्ना गरिएको छ ।