१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


थप २ सय ६० जनामा कोरोना संक्रमण, ३ लाख २९ हजारलाई एकैदिन खोप

७७ जना आईसीयूमा र २१ जना भेन्टिलेटरमा उपचाररत

221
Shares

काठमाडौं । नेपालमा थप २ सय ६० जनामा कोरोना संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार ८ सय ८९ जनामा गरिएको परीक्षणमा २ सय ५० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर अहिलेसम्म ८ लाख २६ हजार ९ सय १ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार सोही समयमा ३ सय ४९ जना संक्रमणमुक्त भएसँगै देशभर संक्रमणमुक्त हुनेको संख्या ८ लाख १० हजार २ सय ७१ रहेका छन् ।

यस्तै, कोरोना संक्रमणकै कारण पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको छ । नेपालमा अहिलेसम्म कोरोनाबाट ११ हजार ५ सय ८२ जनाको मृत्यु भएको छ ।

देशभर ५ हजार ४८ जना सक्रिय संक्रमितमध्ये आईसीयूमा ७७ जना र भेन्टिलेटरमा २१ जना रहेका छन् ।

एकै दिन ३ लाख २९ हजार ३ सय ७१ जनाले खोप लगाएका छन् ।