
काठमाडौं । टिकटक स्टार स्वभिमान सुवेदीको पहिलो गीत ‘खुसी फिर्ता दे’ सार्वजनिक भएको छ ।
बुधबार नमस्ते प्लस युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा प्रेम र प्रेमभित्रको विछोडका भाव समेटिएको छ ।
प्रमोद खरेलको स्वरमा रहेको गीतको शब्द स्वयं सुवेदीले नै लेखेका हुन् । गीतमा संगीत कार्कीजीको छ ।
उत्कृष्ट शब्द र लयका साथ बनेको गीतको भिडियो पनि सुन्दर बनेको छ ।
विक्रम चौहानको निर्देशनमा बनेको भिडियोमा सुवेदीसँगै रविन गिरी र अश्मी ढकालको अभिनय छ । कार्की र ढकाल पनि टिकटकमा राम्रो फलोअर्स भएका कलाकार हुन् ।
प्रकाश खड्काले खिचेको भिडियो मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्