
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेकाे हाे ।
बिहान ११ बजेदेखि निर्वाचित पदाधिकारी एवं सदस्यलाई ‘निर्वाचित भएको प्रमाणपत्र’ वितरण गरेलगत्तै केन्द्रीय समिति बैठक बस्ने कांग्रेस कार्यालयका सचिव केशव रिजालले जानकारी दिनुभयो ।
गत मंसिर २४ देखि २८ गतेसम्म सम्पन्न महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट केन्द्रीय कार्यसमितिका १३४ पदाधिकारी र सदस्य निर्वाचित भएका थिए । यसबाहेक नयाँ विधानअनुसार सभापतिले ३३ जना मनोनित गर्न बाँकी छ ।
बैठकमा सभापति देउवाले सबैलाई धन्यवाद दिने, स्वागत गर्ने, निर्वाचन आयोगमा दल दर्ताका लागि निर्णय गर्नेलगायतको कार्यसूची रहेको बताइएको छ । कांग्रेसले बैठकको निर्णयसहित शनिबार नै आयोगमा राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिने तयारी पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्