१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमालेले तेस्रोपटक संसद विघटन गर्न खोजेको छ : अध्यक्ष दाहाल


338
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख नेकपा एमालेले तेस्रो पटक संसद विघटन गराउन खोजेको आरोप लगाउनुभएको छ ।

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको पूर्वसन्धानमा शनिबार विभिन्न सञ्चारमाध्यमका सम्पादकसँग गरिएको छलफल कार्यक्रममा अध्यक्ष प्रचण्डले निरन्तर संसद अवरुद्ध गरेर एमालेले प्रतिनिधिसभा विघटनलाई निरन्तरता दिन खोजेको बताउनुभएको हो ।

‘एमाले अध्यक्ष ओलीले तेस्रो पटक संसद विघटन गर्न खोजिरहेका छन्, पहिलो पटकको विघटन सडकबाट बदर गर्‍यौं,’ उहाँले भन्नुभयो, ‘दोस्रो पटकको विघटन अदालतबाट बदर गर्‍यौं, तेस्रो पटक पनि प्रयास भइरहेको छ, हामी हुन दिन्नौं ।’

माधव नेपाल सदनमा देखिएसम्म सदन चल्न नदिने एमालेको कदम अदालतको फैसलाअनुसार नभएको उहाँको भनाइ छ । सदनमा अहिले एमालेले जात्रा गरिरहेको उहाँको टिप्पणी छ ।