
काठमाडौं । देशका विभिन्न स्थानमा ९ जना मृत अवस्थामा भेटिएका छन् ।
काठमाडौं, इलाम, झापा, बारा, धनकुटा, सुनसरी, पर्सा, मोरङ र नवलपरासी (पश्चिम) ९ जना मानिस मृत अवस्थामा भेटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
काठमाडौंको शंखरापुर नगरपालिका–४ लप्सीफेदीस्थित शालीनदी खोलामा कागेश्वरी मनोहरा नगरपालिका–१ बस्ने ५२ वर्षीय राजकुमार दाहाल शनिबार मृत अवस्थामा फेला परेका छन् ।
ईलामको ईलाम नगरपालिका–४ पुवाखोला बजार बस्ने ३४ वर्षीय बीरू भन्ने हर्क बहादुर लिम्बु सोही ठाउँस्थित पानीको नालामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
झापाको भद्रपुर नगरपालिका–२ बस्ने २८ वर्षीय कमल सिंह तामाङ सोही नगरपालिका–१ सातलाखे बाँधस्थित धान खेतमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
बाराको कोल्हबी नगरपालिका–७ मौहासपुरस्थित गेरकाही खोलामा सोही ठाउँ बस्ने ४० वर्षीय बहुदली मुखिया शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
धनकुटाको धनकुटा नगरपालिका–१ शान्तिटोल बस्ने ३३ वर्षीया कल्पना राई आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।
सुनसरीको इटहरी उपमहानगरपालिका–९ स्थित महमत फर्निचर पसलमा रंग लगाउने काम गर्ने मोरङ कटहरी गाउँपालिका–१ बस्ने ५५ वर्षीय निर्मल राय सोही पसलमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
पर्साको ठोरी गाउँपालिका–३ सिक्कारी बाँस बस्ने ६४ वर्षीय भगन महतो सोही ठाउँस्थित खोलामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
मोरङको जहदा गाउँपालिका–१ लंकाटोल बस्ने ७० वर्षीया गोलिया देबी बैठा सोही गाउँपालिका लंकाटोलको दशगजास्थित पारिपट्टी पोखरीमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।
नवलपरासी (पश्चिम), रामग्राम नगरपालिका–१२ कुनुवार बस्ने टिमल हरिजनको गोठमा भारत महारजगंज थाना निचलौल टिकुलहिया बस्ने ५५ वर्षीय ईलताफ अली शनिबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्