
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले धर्म सकारात्मक सोच र सत्चरित्र विकासमा सहयोगी हुनुपर्ने बताउनुभएको छ ।
शनिबार विराटनगरमा श्रीकृष्ण प्रणामी युवा परिषद्को प्रदेश १ को अधिवेशन उद्घाटन गर्दै उहाँले धर्म सबैको मनमा उत्पन्न हुने भएकोले अन्धता र विकृत हुन नहुनेमा जोड दिनुभयो । उहाँले धर्म समाज रूपान्तरणमा सहयोगी हुनुपर्ने पनि बताउनुभयो ।
संविधानले धार्मिक समानताको कुरा गरेको र यसको सक्कली भाव भनेको आस्तिक पनि हुन पाइने र नास्तिक पनि हुन पाइने भन्दै उनले राज्यले सबै धर्मलाई समान व्यवहार गर्ने उहाँको भनाइ थियो । धर्मको आधारमा भेदभाव गर्न नहुने उहाँको जोड छ ।
कार्यक्रममा श्रीकृष्ण प्रणामी परिषद्का अध्यक्ष जगदीशचन्द्र शर्माले धार्मिक सहिष्णुताका लागि युवा परिचालन आवश्यक भएको बताउनुभयो । जातीय विभेद र छुवाछुतको परिपाटी विस्तारै समाजबाट हट्न थालेको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्