
काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत भएको छ । माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन आजबाट राजधानीमा सुरु हुँदैछ ।
हिजो बसेको पार्टी स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनप्रति आकर्षण बढेकाले यसलाई महाधिवेशनमा परिणत गर्ने निर्णय भएको प्रवत्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । स्थायी सििमत बैठकको निर्णयलाई अनुमोदन गर्न माओवादी केन्द्रले आज केन्द्रीय समितिको बैठक बोलाएको छ ।
बैठक अहिले बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठक बस्ने प्रवक्ता महराले जानकारी दिनुभयो । महाअधिवेशन राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । अपराह्न १ बजे सम्मेलन सुरु हुने प्रवत्ता महराले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्