३ चैत्र २०८१, आइतबार | Mon Mar 17 2025


सामाजिक सुरक्षाका कार्यक्रम कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री


117
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जेष्ठ नागरिकलाई सुखी, सम्मानित एवं सुरक्षित तुल्याउन थप सामाजिक सुरक्षाका कार्यक्रम कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।

प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना दिदै प्रधानमन्त्री देउवाले दिन प्रतिदिन बढ्दै गएको ज्येष्ठ नागरिकको संख्यालाई उचित व्यवस्थापन गरी उनीहरुको जीवन यापनलाई सहज र सम्मानित बनाउने सबैको साझा दायित्व भएको बताउनु भएको हाे ।

‘सभ्य नागरिकको पहिचानः ज्येष्ठ नागरिकको सम्मान’ भन्ने नाराका साथ यस वर्ष विविध कार्यक्रमसहित ज्येष्ठ नागरिक दिवस मनाइँदैछ।