२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


पाँचथरको उच्च पहाडी क्षेत्रमा वर्षासँगै हिमपात


130
Shares

पाँचथर । पाँचथरको उच्च पहाडी क्षेत्रमा वर्षासँगै हिमपात भएको छ । शनिबार बेलुका वर्षासहित हिमपात सुरु भएको हो । जिल्लाका फालोट, चारराते, चिवाभञ्याङ लगायतका क्षेत्रमा हिउँ परेको छ । हिमपात कारण पाँचथरका उच्च पहाडी क्षेत्रको जनजीवन कष्टकर भएको छ ।

हिमपात भएको कारण चिवा भञ्जाङ, चारराते, याङवरको लामपोखरी क्षेत्रमा रहेका सिमा सुरक्षाका लागि बसेका सशस्त्र प्रहरीहरुलाई समेत समस्या भएको छ ।

उच्च पहाडी क्षेत्रमा पशुपालन गर्ने कृषकहरुको जनजीवन पनि प्रभावित भएको छ । उच्च पहाडी क्षेत्रमा हिमपात भएसँगै सदरमुकाम फिदिम सहित जिल्लाका अधिकांश क्षेत्रमा चिसो बढेको छ ।