
काठमाडौं । बाहुबली फिल्मको अपार सफलता पछि एस एस राजामौलीले अर्काे ग्राण्ड फिल्म ‘आरआरआर’ लिएर आएका छन् । यो उनको बाहुबली पछिको २०२२ मा रिलिज हुने ठुलो फिल्म हो । ७ जनवरी २०२२ मा धेरै समयको प्रतिक्षा पछि रिलिज हुँदैछ । धेरै ठुलो बजेटमा बनेको यो फिल्ममा ३ हिरो फेरि एउटै सिल्वर स्क्रिनमा देखिने भएका छन् ।
अजय देवगन, रामचरण, जूनियर एनटिआर र आलिया भट्ट रहेको यो फिल्म सुपरहिट रहने अन्दाज गरिएको छ । फिल्म ‘आरआरआर’ मा रहेका मुख्य चार कलाकारहरुले कति पारिश्रमिक लिएका छन् भन्ने कुरा भारतीय मिडियाबाट बाहिर आएको छ । आउनुहोस्, जानौं कसले कति पारिश्रमिक लिए ।
रामचरण
रामचरण यो फिल्मका मुख्य पाात्र हुन । साउथ इन्डस्ट्रीका प्रसिद्ध कलाकार रामचरणले यो फिल्ममा ‘ल्लुरी सिताराम राजु’ को रोल निभाएका छन् । चर्चामा यस्तोे आएको छ कि यो फिल्म गरेवापत उनले ४५ करोड पारिश्रमिक पाउने भएका छन् ।
जुनियर एनटिआर
साउथका अर्का प्रसिद्ध कलाकार जुनियर एनटिआर पनि यो फिल्ममा मुख्य भुमिकामा रहेको बताइएको छ । उनी यो फिल्ममा ‘कोमाराम भीम’ को भूमिकामा देखिने छन् । उनलाई यो फिल्ममा ४५ करोड पारिश्रमिक दिइएको खबर बाहिर आएको छ ।
अजय देवगन
बलिउड अभिनेता अजय देवगन पहिलो पटक राजामौलिको निर्देशनमा काम गरेका छन् । उनको यो पहिलो साउथ फिल्म हो । यो फिल्ममा अजय देवगनलाई समावेश गराउन राजामौलिले २५ करोड पारिश्रमिक दिएको चर्चा छ ।
आलिया भट्ट
बलिउड अभिनेत्री आलिया यो फिल्मको महत्वपूर्ण भूमिकामा रहेकी छिन् । आलिया यो फिल्ममा ‘सीता’ को भुमिकामा देखिने छिन् । आलियाको पनि यो पहिलो साउथ फिल्म हो । उनलाई यो फिल्ममा ९ करोड पारिश्रमिक दिइएको खबर बाहिर आएको छ ।
फिल्मको निर्माता र निर्देशक रहेका राजामौलि फिल्मको नाफाबाट ३० प्रतिशत मात्र लिने छन् । यो फिल्मले बाहुबलीले भन्दा बढि कमाइ गर्ने उनको विश्वास छ । फिल्मको सबै कलाकारहरु अहिले फिल्मको प्रचारप्रसारमा व्यस्त छन् । साउथमा मात्र नभएर हिन्दी भाषामा पनि यो फिल्म एकै दिन रिलिज हुने छ । टिभीको सबैभन्दा ठुलो रियालिटी सो बिग बोस र द कपिल शर्मा सो मा आरआरआर का कलाकार फिल्म प्रचारप्रसारका लागि पुगेका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्