१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


राष्ट्रिय परिचयपत्र लिन सजिलो हुने


20.111k
Shares

काठमाडौं । राष्ट्रिय परिचयपत्र लिन सेवाग्राहीहरुलाई सजिलो बनाइने भएको छ । सरकारले पासपोर्ट लिनका लागि राष्ट्रिय परिचयपत्रको अनिवार्य ब्यवस्था गरिदिएपछि परिचयपत्र बनाउनेहरुको संख्या ह्वात्तै बढेको छ ।

परिचयपत्र बनाउन चाहनेहरु बिहानैदेखि काठमाडौं जिल्ला प्रशासन कार्यालयमा भीड लाग्ने गरेका छन् । तर अब भने सरकारले उपत्यकाका विभिन्न स्थानबाट परिचयपत्र वितरण गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौले परिचयपत्र वितरणका लागि ४ वटा स्टेशन थप गरेको छ । यस्तै, उपत्यकामा बस्दै आएका अन्य जिल्लाका सेवाग्राहीका लागि छुट्टै स्थान तोकिएको छ । जस अनुसार ललितपुर जिल्ला प्रशासनले कर्णाली र सुदूरपश्चिका सेवाग्राहीलाई परिचयपत्र दिने छ ।

त्यस्तै, नारायणहिटिस्थित राहदानी विभागबाट प्रदेश १, लुम्बिनी र गण्डकी प्रदेशका सेवाग्राहीलाई परिचय पत्र वितरण गरिने छ ।