
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ । प्रज्ञा भवन कमलादीमा बिहान ११ बजेदेखि बन्द सत्र सुरु गर्ने तयारी छ ।
बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन, विधानलगायतका प्रतिवेदनहरु पेस हुने र ती प्रतिवेदनहरुमा समूहगत छलफल हुने छ । समूहगत छलफलका लागि महाधिवेशन प्रतिनिधिहरुलाई २० भन्दा बढी समूहमा बिभाजन गरिदैछ । माओवादीको यो महाधिवेशनले पार्टीलाई बहुपदिय संरचनामा लैजाँदै छ ।
माओवादीले १५ पदाधिकारीसहितको २ सय ९९ सदस्यीय केन्द्रिय समिति रहने निर्णय गरिसकेको छ । १० वर्षे सशस्त्र द्वन्द्वपश्चात् शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेसँगै २०६४ सालमा भएको संविधानसभाको निर्वाचनबाट सबैभन्दा ठूलो दलका रूपमा स्थापित भएको माओवादी पछिल्लो समय आकारको हिसाबले खुम्चिँदै गएको छ ।
प्रतिक्रिया दिनुहोस्