१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सुनको मूल्य उकालो लाग्दा चाँदी चाहिँ ओरालो लाग्यो


351
Shares

काठमाडौं । साताको दोस्रो दिन आज सोमबार बजारमा सुनको मूल्य उकालो लागेको छ भने चाँदी चाहिँ ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोलामा ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार १ सयले उकालो लागेर ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

तेजावी सुन प्रतितोलामा ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, चाँदीको मूल्य भने आज १० रुपैयाँले ओरालो लागेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।