१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अध्यक्ष प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन पेश


156
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन अन्तर्गत आजबाट सुरु बन्दसत्रमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्नु भएको छ ।

दाहालले प्रतिवेदनमा पार्टी शान्ति प्रक्रियामा आएपछि अहिलेसम्म कहाँकहाँ गल्ती भयो भनेर आत्मसमीक्षा गरिएको बताउनु भयो ।

उक्त प्रतिवेदन महाधिवेशन प्रतिनिधिहरुलाई बाँडिएको भने छैन ।

प्रचण्डको प्रतिवेदनमाथि बन्दसत्रमा समूहगत छलफल हुने छ । छलफलका लागि महाधिवेशन प्रतिनिधिहरुलाई २८ समूहमा विभाजन गरिएको छ ।

राजनीतिक र विधान पारित भएपछि नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने जनाइएको छ ।

विचारको महाविधेशनको रूपमा चित्रण गरेको माओवादीको बन्दसत्रमा कूल एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन् । सबै क्लस्टर मिलाउँदा त्यो संख्यामा अझै केही वृद्धि भएको बताइएको छ ।