
तस्विर फाइल
काठमाडौं । नेकपा एमालेका पूर्व उपाध्यक्ष एवं राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रशंसा गर्नुभएको छ ।
माओवादीको ८औं महाधिवेशनको अवसरमा आइतबार अध्यक्ष दाहालले महाधिवेशन उद्घाटनमा क्रममा बोलेका कुरा राम्रा भएका भन्दै प्रशंसा गर्नुभयाे ।
गौतमले साेमबार वक्तब्य जारी गर्दै दाहालको मन्तब्य कसैप्रति दुर्वचन नभएको भन्दै प्रशंसा गर्नुभयाे । प्रचण्डले राजनीतिक संस्कृति निर्माण गर्नेगरी बोलेको गौतमको ठम्याइ छ ।
दुर्वचन समाजवादी संस्कृति नभएको पनि गौतमले बताउनुभयाे ।
प्रतिक्रिया दिनुहोस्