
काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) को विद्यार्थी संगठन अखिल क्रान्तिकारीले विमला बोगटीको न्यायको माग गरेको छ ।
सोमबार काठमाडौंमा आयोजित विद्यालय व्यवस्थापन, प्रशासनको विद्यार्थी हिंसा, उत्पीडनविरुद्ध कार्यक्रम गर्दै विमला बोगटीको न्यायको माग गरेको हो ।
पुस ५ गते आखलढुंगा जिल्लाको चम्पादेवीमा गाउँपालिकास्थित बालज्योती मध्यामिक विद्यालयको कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा बोगटीले आफूलाई विद्यालय प्रवेश गर्न नदिएपछि विष सेवन गरी आत्महत्या गर्नुभएको थियो ।
कार्यक्रममा अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले गाउँवस्तीका विद्यार्थीहरूले पनि निर्वाध रूपमा पढ्न पाउनुपर्ने बताउनुभयो । उहाँले विद्यार्थीले पढ्न पाउने अधिकारमा नेपाल सरकार समेत गम्भीर नबनेको उहाँको आरोप छ ।
अध्यक्ष गजुरेलले शिक्षा र स्वास्थ्य राज्यबाट निःशुल्क र सर्वसुलभ हुनुपर्ने मागसमेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्