१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


निजी क्षेत्रको समस्या समाधान गर्न सरकारले तदारुकता देखाएन : अध्यक्ष गोल्छा


156
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष शेखर गोल्छाले सरकारले निजी क्षेत्रको समस्या समाधान गर्न तदारुकता नदेखाएको आरोप लगाउनुभएको छ ।

सोमबार वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीहरूलाई स्वागत गर्न गरिएको कार्यक्रममा अध्यक्ष गोल्छाले सरकारले तदारुकता नदेखाएको आरोप लगाउनुभयो ।

महासंघले तयार परेको भिजन पेपरमा निजी क्षेत्रसँग सम्बधित एक सय वटा समस्याहरू पहिचान भएको बताउँदै उहाँले ती समस्या समाधान भए मुलुकभित्र लगानीको वातावरण बन्ने दाबी गर्नुभयो ।

अध्यक्ष गोल्छाले भिजन पेपरमा पहिचान भएका समस्यामध्ये आफ्नो कार्यकालमा ४४ वटा समस्या समाधान गर्ने गरी काम अगाडी बढाएको पनि बताउनुभयो । यसमध्ये १४ वटा समस्या कानुनसँग सम्बन्धित रहेको उहाँको भनाइ छ ।

महासंघका अध्यक्ष गोल्छाले हाल बैंक तथा वित्तिय संस्थामा देखिएको तरलता अभावका कारण लयमा फर्किन थालेको अर्थतन्त्र पुनः सुस्ताउँदै गएकोले चिन्ता बढेको बताउनुभयो ।

अहिले देखिएको तरलता अभाव हटाउन सरोकारवाला सबैसँग छलफल अगाडि बढाइएको समेत उहाँले जानकारी दिनुभयो ।